झापा । आज एकाबिहानै झापाको शिवसताक्षी नगरपालिका १ कमल पुलस्थित पूर्वपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहान अन्दाजी ५ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो र विपरीत दिशाबाट जाँदै गरेको मे. ६ प २५१४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी ८ का अन्दाजी ३५ वर्षीय ललितबहादुर थापा घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएर उपचार भइरहेकोमा उपचारको क्रममा बिहान ६ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पिकअप र पिकअप चालक मेचीनगर नगरपालिका ८ बस्ने ३१ वर्षीय विशाल खवासलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको जनाइएको छ ।