शनिश्चरे । झापाको अर्जुनधारा ७ मा रहेको एक क्रसरमा टिपरले किचेर आइतबार साँझ क्रसर कर्मचारी तथा जेसीबी अपरेटरको मृत्यु भएको छ ।

 

कम्पनीबाट बिदा भएर घर जान लागेका जेसीबी अपरेटरको टिपरले किचेर मृत्यु भएको हो । कम्पनीबाट बिदा लिएर हल्दीबारी २ मा रहेको घर जान लागेका २४ वर्षीय मोहन किस्कुको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

मे २ प २१११ नम्बरको मोटरसाइकलमा घर जान लागेका किस्कुलाई को १ ख ७०१४ नम्बरको टिपरले किचेको थियो । अर्जुनधारा ७ को मधुजिता क्रसरमा टिपरले किचेर किस्कुको मृत्यु भएको हो ।

 

किस्कुको घरमा सोमबार पूजा आयोजना गरिएको बताइएको छ। पूजामा जानका लागि साथीको मोटरसाइकल लिएर घर जान लागेका उनलाई मिक्स गिटी अनलोड गरेर अगाडि बढ्ने क्रममा टिपरले किचेको बताइएको छ । दुई वर्षअघि सोही स्थानको अर्को क्रसरमा टिपरले किचेर एक कर्मचारीको मृत्यु भएको थियो ।

 

टिपर चालक उर्लाबारी नगरपालिका २ का ४१ वर्षीय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।