झापा । इलामको रोङ गाउँपालिका ३ स्थित हाँसपोखरी नजिक मेची राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका दुवै बाबुछोराको मृत्यु भएको छ ।

 

शुक्रबार साँझ ६ः४० बजे मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय ६ खादीगाउँ का अन्दाजी ४० वर्षीय दिर्घ राई र पछाडि सवार उनका बुबा अन्दाजी ७० वर्षीय पवनकुमार राई गम्भीर घाइते भएका थिए ।

 

प्रहरीका अनुसार मोटरसाइकल चालक दिर्घ राईको राति ८ः१२ बजे र उनका बुबा पवनकुमार राईको ८ः२१ बजे उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । दुवै जनाको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

 

मोटरसाइकल, टिपर, टिपर चालक माइजोगमाई २ शान्ति चोक बस्ने अन्दाजी ३० वर्षीय खगेन्द्र थामीलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको इलाम प्रहरीले जनाएको छ ।