
झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत शनिश्चरे बहुमुखी क्याम्पसमा ७१ दशमलव ४९ प्रतिशत मतदान भएको छ ।
शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा नगरपालिकाको एकमात्र क्याम्पस हो । ९८ जना छात्रसहित ४४९ मतदाता संख्या रहेको यस क्याम्पसमा ३२१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत पर्शुराम भट्टराईका अनुसार खसेको मतमध्ये २४१ जना छात्रा र ८० जना छात्रले मतदान गरेका हुन् । यस क्याम्पसमा नेविसंघ र अनेरास्ववियू तथा अनेरास्ववियू (क्रान्तिकारी)को दुई प्यानल निर्वाचनमा उत्रिएका छन् ।