
झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत शनिश्चरे बहुमुखी क्याम्पसमा लोकतान्त्रिक प्रगतिशील समूहको प्यानल नै विजयी भएको छ ।
लोकतन्त्र प्रगतिशील समूहमा नेविसंघ र अनेरास्ववियूको प्यानलले संयुक्तरुपमा उम्द्वारी दिएको थियो । समूहका विशाल थापा १७९ मत ल्याउँदै विजयी भएका हुन् । निर्वाचित थापा दोस्रो कार्यकालका लागि नेतृत्वमा चयन भएका हुन् । उनीसँगै सचिव, कोषाध्यक्ष सदस्यहरु पनि निर्वाचित भएका छन् ।
अध्यक्षका दाबेदार थापाका प्रतिद्वन्द्वी अनेरास्ववियू (क्रान्तिकारी)का उम्मेद्वार गगन चापागाईंले २४ मत कम ल्याएर १५४ मतमा खुम्चिनु परेको थियो । दुई संगठनको गठबन्धनमा चापागाईंको मत प्रभावशाली देखिएको विश्लेषण गरिएको छ ।
यसैगरी, गठबन्धनका सचिव बादल वाग्लेले.१९२ मत ल्याउँदै विजयी भए । उनका प्रतिद्न्वन्द्वी शिव गौतमले ११९ मत ल्याए भने कोषाध्यक्ष पदकी अनुजा भट्टराईले २०३ मत ल्याएर विजयी बन्दा प्रतिद्वन्द्वन्द्वी हरिमाया ढकालले.१०४ मत ल्याइन् ।
यसैगरी, विजेता प्यानलकै सर्वाधिक मत सुमन बाँस्कोटोले २४१ मत ल्याएर सदस्यमा विजयी भए भने कृति घिमिरे २०१, रमेश खतिवडा २२० मत, किरण.काफ्ले २०३ मत, मरियम उपरकोटी २०४ मत र भद्रबहादुर बुढाले.२१८ मत ल्याउँदै सदस्यमा विजयी बने ।
अखिल क्रान्तिकारीतर्फ सदस्यमा लक्ष्मी ओली १०४ मत, विपना बुढाथोकी १०७ र सन्देश बुढाथोकीले९३ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
कुल मतदाता संख्याको ७१ दशमलव ४९ प्रतिशत मतदान भएको समितिले जनाएको छ । शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा नगरपालिकाको एकमात्र क्याम्पस हो । ९८ जना छात्रसहित ४४९ मतदाता संख्या रहेको यस क्याम्पसमा ३२१ मत खसेको थियो ।
निर्वाचन अधिकृत पर्शुराम भट्टराईका अनुसार खसेको मतमध्ये २४१ जना छात्रा र ८० जना छात्रले मतदान गरेका हुन् । यस क्याम्पसमा नेविसंघ र अनेरास्ववियू तथा अनेरास्ववियू (क्रान्तिकारी)को दुई प्यानल निर्वाचनमा उत्रिएका थिए ।