झापा । नेपाललाई लागूऔषधको व्यापार केन्द्र बनाउँदै आएका एकजना भारतीय प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
आइतबार दिउँसो अन्दाजी २ बजे गौरीगञ्ज १ मा लागूऔषधको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किसनगन्ज २ पलसाह बस्ने २३ वर्षीय सलमलाई शंका लागेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा उनले लुकाईछिपाई ल्याउँदै गरेको प्लास्टिकसहित ५ ग्राम ६३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । ती भारतीयलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।