काठमाडौं । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको हो ।

 

शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

 

प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए ।

 

‘४ः३० बजे अस्पताल ल्याउँदा अस्पताल आउँदा नै मृत्यु भएको थियो । घाँटीमा गोली लागेको रहेछ,’ आचार्यले भने । यसअघि गृह मन्त्रालयले प्रदर्शनका क्रममा २२ जना घाइते भएकाे जनाएकाे थियाे । अनलाइन खबरबाट