झापा । ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेक फेल भई इलामको नेपालटार क्षेत्रमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
आज साँझ ५ः०७ बजे इलाम नगरपालिका १ सीटीइभीटी नेपालटारस्थित सडकमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको मे १ ज २६ ४५ नंम्बरको बोलेरो अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ताप्लेजुङ फुङ्लिङ १० का ३९ वर्षीय मंगलवीर लिम्बू, मिक्वाखोला १ की अन्दाजी ४१ वर्षीया कमला लिम्बू, फुङ्लिङ १० का अन्दाजी ६२ वर्षीया दुर्गामाया लिम्बू, झापा अर्जुनधारा ७ की १७ वर्षीया समीक्षा खड्का र पाँचथर कुम्मायक ५ की अन्दाजी ३० वर्षीया इन्दिरा लिङ्दम लिम्बू घाइते भएका छन् ।
बोलेरोमा सवारमध्ये ५ जना यात्रु घाइते भई उपचारको लागि जिल्ला अस्पताल इलाम ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी निरीक्षक संजीव बोगटीले बताए ।
दुर्घटना भएलगत्तै अस्थायी प्रहरी बिट नेपालटार प्रहरी खटिएको र बोलेरो चालक फिदिम ५ बस्ने ३८ वर्षीय बिक्रम नेम्बाङलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिएका छन् ।