धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-८ स्थित सिन्कुलामा भरुवा बन्दुक र बारुदसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

 

ढुंग्रेबाट सिन्कुलातर्फ मोटरसाइकलमा जाँदै गरेका दुई जनाको साथबाट प्रहरीले सोमबार राति ९ः४५ बजे ती वस्तु फेला पारेको जनाएको छ ।

 

इलाका प्रहरी चौकी भेडेटारबाट खटिएको प्रहरी टोलीले प्र. १-०२-०४७ प १८८० नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा १ नाले भरुवा बन्दुक १ थान र बारुद फेला पारेको थियो ।

 

मोटरसाइलमा सवार स्थानीय ३२ वर्षका तेजकुमार विक र ३८ वर्षका मनभा राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए ।