झापा । भारतबाट मलद्वारमा लागूऔषध लुकाएर ल्याउने भद्रपुरका दुईजना पक्राउ परेका छन् । आज बिहान १० बजे भद्रपुर ५ स्थित मेची पुलमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीको साथबाट लागुऔषध फेला परेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नम्बर १० चन्द्रगढी बजारका ४३ वर्षीय सन्तोषकुमार काफ्ले र चैतु मन्दिर बस्ने ३६ वर्षीय विजय राजवंशी रहेका छन् ।
मलद्वारभित्र प्लास्टिकले पोका पारी लुकाइछिपाइ ल्याउँदै गरेको ३ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको थियो । आवश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।