झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित मेचीनगरका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर १२ का हुन् ।

 

प्रहरीका अनुसार हिजो दिउँसो १ः३० बजे मेचीनगर ६ स्थित बर्मेली टोलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर १२ बस्ने १९ वर्षीय भूमिराज राई र सोही ठाउँ बस्ने २२ वर्षीय इश्वर राई लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

 

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित १ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।