झापा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल झापाले शनिबार झापाली पत्रकार अमित खम्बूलाई पुरस्कृत गरेको छ ।
पत्रकारिताको माध्यमबाट सामुदायिक वनको हक, हित र अधिकार स्थापना साथै वनको संरक्षण र व्यवस्थापनमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै आज भएको २१औं परिषद् सभामा चन्द्रमान राई स्मृति पुरस्कारबाट पूर्वाञ्चलक दैनिकमा आवद्ध खम्बूलाई नगदसहित पुरस्कृत गरिएको हो ।
महासंघका अध्यक्ष वेदप्रकाश भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि महासंघका राष्ट्रिय कार्यसमिति सदस्य रोहिणीप्रसाद गौतम, महासंघ कोशी प्रदेश सदस्य खेम सिटौला र अध्यक्ष भण्डारीले उनलाई सम्मानपत्र, नगद सात हजारसहित दोसल्ला ओढाई पुरस्कृत गरेका थिए ।
सोही कार्यक्रममा सहायक वन अधिकृत जीवनप्रसाद पाठक, अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघ, हल्दीबारी २ स्थित भेलागुडी सामुदायिक वन उपभोक्ता समहु, कचनकवलस्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनराज गुरुङ र कनकाई सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ख्यामप्रसाद ओली र उत्कृष्ट कार्यसमिति सदस्यतर्फ श्यामराज पुरी पनि पुरस्कृत भएका छन् ।