झापा । झापाको कन्काई नगरपालिकामा शनिबार मध्यरातमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गएराति अन्दाजी ११ः२० बजे खुकुरी प्रहार गरी श्रीमतीको हत्या भएको हो ।
प्रहरीका अनुसार कनकाई २ स्थित सुकेडाँगी बस्ने ३५ वर्षीय कविराज हेमरमले आफ्नो श्रीमती ३४ की पुजा हेमरमको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । कविराजले झगडा गरी आफू सुत्ने कोठामा श्रीमती पुजालाई खुकरीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि फरार भएका कविराजलाई सुरुङ्गा सडकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खुकुरी घटनास्थलबाट नियन्त्रणमा लिएको र शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।