शनिश्चरे । सशस्त्र प्रहरीले झापाको अर्जुनधारा ५ स्थित टाङटिङ खोलाबाट सात वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । खोलाको निषेधित क्षेत्रमा अवैधरुपमा बालुवा उत्खनन् गरी लोड गरिरहेको अवस्थामा शुक्रबार र शनिबार ती ट्याक्टरहरु नियन्त्रण गरिएको हो ।

 

सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पको टोलीले प्र.१-०१-००१ त ८२३०, मे.१ त ४३४२, प्र.१-०१-००१ त ८२३०, प्र.१-०३-००१ त २३९५, प्र.१-०१-००१ त ८०३५, प्र.१-०१-००१ त ९४६६ र प्र.१-०१-००१ त ८९७९ नम्बरका ट्याक्टरहरु नियन्त्रणमा लिएको हो ।

 

बेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक राउतकसहित ५ जनाको मोवाइल गस्ती टोलीले खोला उत्खनन् गरी लोड गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

 

यसअघि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीसहितको टोलीले सो क्षेत्रको अनुगमन गरी अवैधरुपमा गरिने नदीजन्य पदार्थ उत्खनन् रोक्न प्रहरीलाई निर्देशन दिएका थिए । सोही समय दुई वटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको थियो ।