झापाकाे हल्दिबारीमा हावाहुण्डरीले भत्किएकाे टाँडे घर ।

झापा । झापाको हल्दिबारीमा हावाहुण्डरीबाट घर भत्किँदा एकजना बृद्धको मृत्यु भएको छ । गएराति अन्दाजी ११ः५० बजे आएको हावाहुण्डरीले हल्दिबारी ५ त्रिवेणी चोक बस्ने ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

 

टिनको छाना भएको टाँडेघरमा सुतिरहेको बेला हावाहुण्डरीले घर भत्काई घरको बिमले थिचिरहेको अवस्थामा स्थानीयले देखेर बाहिर निकाली हेर्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

 

 

राति १२ः३० बजे अस्थायी प्रहरी चौकी कन्चनश्रीमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट आज बिहान टोली खटिएको प्रहरी प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।