झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र गाँजासहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्ज बस्ने परमानन्द साह र झापा गाउँपालिका वडा नं. ३ कामाटोली गोपीचोक बस्ने ५१ वर्षीया देखन राजवंशी माझी रहेका छन् ।
हिजो बेलुका ५ः२० बजे शिवसतक्षी नगरपालिका वडा नं ६ शिवगञ्ज बस्ने परमानन्द साहले लागूऔषध ओसारपसार तथा बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्ज र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले साहको घरमा चेकजाँच गर्ने क्रममा प्लास्टिकसहित ४ ग्राम २३० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो ।
साहले ओछ्यानमा सिरानीमुनि खुकुरी चुरोटको बट्टाभित्र प्लास्टिकले बेरेर लुकाइछिपाई राखेको ४६ पोका ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।