झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिकाका युवा छन् ।

 

प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले बिहीबार राति अन्दाजी ९ः१५ बजे झापा गाउँपालिका ४ सुकुम्बासीस्थित भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको अवस्थामा शिवसताक्षी नगरपालिका वडा नं. ४ बस्ने २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुवेरकुमार ताजपुरियालाई शंका लागि चेकजाँच गरेको थियो ।

 

सोही क्रममा अनुरोध ताजपुरियाले लागाएको ट्रयाक सुटको दाहिने साइडको फेरमा लुकाइछिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित १ ग्राम १७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसंधान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।