झापा । मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा मेचीनगरका दुईजना युवा पक्राउ परेका छन् । आज साँझ ५ बजे मेचीनगर १० स्थित खयरडाँगीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

 

इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले खयरडाँगी बस्ने ३३ वर्षीय मोहन चौधरी र मेचीनगर १५ बस्ने ३४ वर्षीय डिपलेस मेचेलाई चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको थियो ।

 

उनीहरुमध्ये चौधरीले मलद्वारमा लुकाएको अवस्थामा प्लाष्टिकसहित ६ ग्राम १५० मिलिग्राम ब्राउनसुगर फेला फरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।