इलाम । स्थानीय टँडिखेल नजिकैको एक होटल अगाडि पार्किङ गरिराखेको मोटरसाइकल आइतबार राति चोरी गर्ने स्थानीय दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

 

अन्दाजी ८ः१५बजेतिर इलाम ७ टुँडिखेलस्थित नाङ्लो रेष्टुरेन्ट अगाडि पार्किङ गरिराखेको प्र. १(०१(०१८ प १७२४ नम्बरको कालो रंगको रोयल इन्फिल्ड मोटरसाइकल चोरी भएको थियो ।

 

मोटरसाइकल चोरी हुनासाथ जिल्ला प्रहरी कार्यालय इलाममा खबर गरिएको थियो । प्रहरीले खबर पाएपछि जिप्रका इलाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामबाट संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा इलाम ८ स्थित तिलकेनीबाट उक्त नम्बरको मोटरसाईकल फेला परेको थियो ।

 

प्रहरीका अनुसार मोटरसाइकल चोरीमा संलग्न स्थानीय तिल्केनीका २० वर्षीय सुमन तमाङ र २८ वर्षीय भुपेन्द्र कडरिया पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत इलाममा उपस्थित गराई ७ दिनको म्याद थप भई जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।