झापा (एजेन्सी) । अमेरिकामा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको मानेसार पार्क नजिक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष बिहीबार मृत भेटिएका हुन् ।

 

ज्यान गुमाउनेमा ३८ वर्षका सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय बालक र आठ वर्षीया बालिका रहेका छन् । उनीहरुको गोली लागेर ज्यान गएको पाइएको छ ।

 

मृतकको नेपालको ठेगाना खुलिसकेको छैन । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । एनबीसी वासिङ्टन (न्यूज ४) का अनुसार घटनापछि छिमेकीले मृतकहरू झन्डै छ महिनाअघि त्यहाँ बसाइ सरेर पुगेको जानकारी दिएका छन् ।