झापा । हात्तीलाई छेक्न आफैँले लगाएको तारबारमा प्रवाह गरेको करेन्ट लागेर झापाको कचनकवलमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

आज (बुधबार) बिहान ८ः३० बजे कचनकवल गाउँपालिका ७ बैगुनबारी बस्ने ६५ वर्षीय तीर्थनाथ खनाल आफ्नै बारीमा बाख्रा चराउनको लागि गएका थिए । तर, हात्ती रोक्न करेन्ट प्रवाह भएको तारबारमा छुन पुग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

 

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डमा प्रहरी टोली खटिएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । यसअघि जेठ २३ गते कनकाई २ जामुनखाडीमा हात्तीलाई छेक्न लगाएको तारबारबाट करेन्ट लाग्दा ८ जना घाइते भएका थिए ।