झापा । बिर्तामोडबाट खाद्य सामग्री लिएर इलामको जितपुर जाँदै गरेको प्र. १-०१-००१ च ९७७८ नम्बरको पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
आइतबार साँझ ७ः०५ बजे सो पिकअप इलाम नगरपालिका ११ सोयाकको आहालेमा अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो । दुर्घटनामा गाडी मालिक बिष्णु पराजुलीको मृत्यु भएको हो ।
झापा खुदुनाबारी घर भई हाल इलाम देउमाई ९ नवमी बजारमा व्यवसाय गर्दै आएका ३८ वर्षीय बिष्णु पराजुलीको मृत्यु भएको बताइएको छ ।
त्यस्तै, गाडी मालिक पराजुलीकी छोरी ८ वर्षीया प्रेयन्सा पराजुली र इलाम देउमाई ९ जितपुर बस्ने २२ वर्षीय आइतबहादुर लिम्बू घाइते भएका छन् ।