सांकेतिक तस्वीर ।

झापा । जंगली हात्तीको आक्रमणबाट भद्रपुरका एक व्यक्ति घाइते भएका छन् । हिजो साँझ अन्दाजी ७ः४५ बजे भद्रपुर १० फूलबारी गाउँ बस्ने २१ वर्षीय विशाल सोरेन घाइते भएका हुन् ।

 

काम गरेर घर फर्कने क्रममा एउटा जंगली हात्तीले सोरेनलाई आक्रमण गरेको हो । उनको कम्मर, टाउको र बायाँ खुट्टामा चोट लागेको छ । घाइते सोरेनलाई प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।