फिदिम । पाँचथरमा कुलोबाट चिप्लिएर लड्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम ओखरबोटेका २४ वर्षीय राजकुमार नेम्वाङ रहेका छन् ।

 

बुधबार दिउँसो फिदिम नगरपालिका ११ खुङखोलाटारीमा रहेको तिततिरे दिमिरे फलाटे जल उपभोक्ता समितिको कुलो मर्मत गर्ने क्रममा १३ नम्बर वडा ओखरबोटेका नेम्वाङ अचानक कुलोबाट चिप्लिएर २० मिटर तल खोलामा झरेका थिए ।

 

उनको घटनास्थलमा नै मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । अस्थायी प्रहरी चौकी नागिनबाट टोली घटनास्थलमा खटिएर आवशयक प्रक्रिया पूरा गरेको थियो ।