झापा । जंगली हात्तीको आक्रमणबाट बिर्तामोडमा एकजनाको मृत्यु भएको छ । आज बिहानको राति ३ बजेतिर जंगली हात्तीको आक्रमणबाट बिर्तामोड ७ निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो ।
आफ्नै घरमा रहेका लिम्बू शौचालय जाने क्रममा हात्तीसँग जम्काभेट भई आक्रमण गरेको स्थानीयहरुले बताएका छन् ।अचानक एउटा जंगली हात्तीले किल्चेर लिम्बूको घटनास्थलमा नै मृत्यु भएको र सो हात्ती दक्षिण दिशातर्फ भागेको प्रहरीले जनाएको छ ।
यसअघि गत असार ६ गते जंगली हात्तीको आक्रमणबाट मेचीनगरका पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको थियो । यससँगै चालु आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा ६ जनाको ज्यान गइसकेको छ ।