फिदिम । पाँचथर आहालेका एक व्यक्तिले नाम्दुस्थित ससुराली घरमा कोदालोको पासोले हानेर श्रीमतीको हत्या गरेका छन् ।

 

गएराति १० बजे पाँचथर फालेलुङ गाउँपालिका ७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङले फिदिम नगरपालिका १ नाम्दुस्थित ससुराली घरमा आफ्नै श्रीमती २२ वर्षीया अनु राईलाई कोदालोको पासोले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

 

घाइतेलाई जिल्ला अस्पताल पाँचथरमा सामान्य उपचारपछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । तर, आज बिहान ४ः२० बजे बीएण्डसी अस्पतालमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

 

मृतकको शव सोही अस्पतालमा रहेको छ । कुटपिट गर्ने श्रीमान महेन्द्र फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।