शनिश्चरे । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दर्शन गरेका छन् ।
अर्जुनधारा ७ स्थित धाममा साउने सोमबारको अवसर पारेर मुख्यमन्त्री कार्कीले दर्शन गर्नुका साथै श्रावणी पर्वको अवलोलन गरेका हुन् ।
मुख्यमन्त्री कार्कीसँगै प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्की, प्रदेश सभा सदस्यद्वय तिलचन पाठक र सुशिला भट्टराई कार्की, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक इश्वर कार्की, सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले मन्दिरमा दर्शन गरेका थिए ।
सो अवसरमा धामका गतिविधिबारे समितिका उपाध्यक्ष भीमचन्द्र भट्टराईले जानकारी गराएका थिए । दर्शनपछि मुख्यमन्त्री कार्कीबाट अनुमानित २५ करोड रुपैयाँको लागतमा धाम क्षेत्रमा निर्माण हुने अत्याधुनिक सुविधा सम्पन्न अतिथि सदनको लागि आवश्यक बजेट विनियोजन गर्ने र अतिथि सदन निर्माण गर्न समितिले खरिद गरेको १० कठ्ठा जमिन पासको लागि धार्मिक तीर्थस्थलहरुलाई नियमअनुसार दिइने कर छुटको गर्न पहल गर्ने आश्वासन दिएको धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले अर्जुनधारा ८ को वडा कार्यालय अवलोन गरेका थिए । यसैगरी, शिवसताक्षी धामसमेत दर्शन गरेर मुख्यमन्त्री कार्की फर्किएका छन् । यसअघि किताब बेच्ने क्रममा पुगेका राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डाक्टर महावीर पुनले पनि अर्जुनधारा जलेश्वरधामको दर्शनसँगै पूजाअर्चना गरेका थिए ।