बिर्तामोड । सारीको पिङ बनाएर खेल्दै गर्दा झुन्डिएर अर्जुनधारामा एक बालकको मृत्यु भएको छ ।
आज साँझ ४ः४५ बजे अर्जुनधारा ६ पुष्पलाल चौक बस्ने नेत्रप्रसाद सिवाका छोरा १० वर्षीय प्रदीप सिवा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए ।
सिकिस्त अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।