झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित निर्माणाधीन एसियन हाइवेको डाइभर्सनमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

 

आज दिउँसो २ः५५ बजे शिवसताक्षी १० किरात चौकस्थित निर्माणाधीन एसियन हाइवेको डाइभर्सनमा कुन्जिबारीबाट काँकरभिट्टातर्फ आउँदैं गरेको मे. १ ख २७७३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

 

दुर्घटनामा परी बिर्तामोड ३ की सुमित्रा कडरिया, डिकमाया खतिवडा, रुपादेवी उप्रेती, बाह्रदशी गाउँपालिका ४ की अस्मिमा खातुन, निजकी छोरी सावरी खातुन, सफिना खातुन, निजकी छोरा ईसाफ आलम, फरियाफ आलम, शिवसताक्षी ४ की निर्मला काफ्ले, तुलसा गौतम र निजका छोरा नितेश गौतम घाइते भएका छन् ।

 

घाइतेहरुलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ । बस र बस चालक मोरङ उर्लाबारी ४ बस्ने ५६ वर्षीय मोहनलाल राई इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।