झापा । नेकपा माओवादी केन्द्रका युवा नेता मोहन नेम्बाङको बुधबार दिउँसो निधन भएको छ । उनी पार्टीवृत्तमा सञ्चार उपनामले चिनिएका थिए ।
काठमाडौँको सामाखुशीस्थित ग्रीनसिटी हस्पिटलमा उपचाररत ४५ वर्षीय नेम्बाङको निधन भएको हो । उनलाई उच्च रक्तचापको समस्या रहेको थियो ।
नेकपा माओवादीका प्रदेश कमिटी सदस्य नेम्बाङ पूर्व जनमुक्ति सेनाका योद्धा र वैध माओवादीका जिल्ला सचिव रहेका थिए । पाँचथर फिदिम घर भएका उनी बिर्तामोडका बस्दै आएका थिए ।
उनका श्रीमती र ४ जना छोराछोरी रहेका छन् । नेम्बाङको शव काठमाडौबाट ल्याएर भोलि बिहान ७ देखि ८ बजेसम्म बिर्तामोडस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलि सभा राखिने जनाइएको छ ।