झापा । जेनजी आन्दोलनमा घाइते झापाका १७३ जना घाइतेले भैपरी खर्च पाउने भएका छन् । उनीहरुलाई जनही २० हजारका दरले सरकारले भैपरी खर्च दिन लागेको हो ।

 

गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका झापाका १७३ जनाका लागि २० हजारका दरले ३४ लाख ६० हजार रुपैयाँ भैपरी खर्च आएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा घाइते भएका व्यक्तिहरुलाई भैपरी खर्च सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत रकम उपलब्ध गराउने गरी प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ ।