फिदिम । तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक ३ कात्तिकेमा भएको सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका ६ जनालाई सकुशल उद्धार गरी उपचारार्थ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

 

घटनामा ज्यान गुमाएका ६ जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीले ६ जनाको शव संकलन गरेर पाँचथर अस्पताल पठाएको हो । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । उनीहरुको सनाखत भइसकेको छैन ।

बाँकी ६ जनालाई उपचारका लागि अस्पताल पठाइको र ‘एकजनाको फिदिम अस्पतालमा उपचार भइरहेको बताइएको छ । शनिबार बिहान ताप्लेजुङको साँवादेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप पाँचथरको कुम्मायक गाउँपालिका ३ को सिमाना कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

 

दुर्घटनामा परेका अधिकांस ताप्लेजुङकै बासिन्दा रहेको बताइएको छ । ताप्लेजुङबाट आएको विवरणमा १२ जना रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलिसकेको छैन । दुर्घटना भएको बेला घटनास्थल वरपर वर्षात पनि भएको थिएन ।