इलाम । इलाम नगरपालिका ६ घोषमा पहिरो जाँदा ज्यान गुमाएकाहरूको सामूहिक अन्त्येष्टि गरिएको छ । शनिबार राति गएको पहिरोमा परी विराज पाख्रिन तामाङको घरमा ६ जनाको ज्यान गएको थियो ।
६ जनामध्ये ३ जना विराजका परिवारका सदस्य हुन् । २ जना पाहुना र एकजना छिमेकी हुन् । शनिबारको पहिरोमा इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाएका सबैको पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।