झापा । लागूऔषध ब्राउनसुगरसहित झापाको गौरीगंजमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा र मोरङका युवा छन् ।

 

साेमबार दिउँसो २ बजे गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ बाहुन टोलमा दक्षिण पिण्डलघुटुबाट उत्तर तुलाचन चौकतर्फ आउँदै गरेको मे ३ प ३५४० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कोरोबारीबाट खटिएको गस्ती टोलीले चेकजाँच गरेको थियो ।

 

सोही क्रममा मोटरसाइकलमा पछाडि सवार दमक नगरपालिका वडा नम्बर ८ प्रगति टोल बस्ने २३ वर्षीय चन्दन रायको साथबाट प्लाष्टिकबाहेक १५ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

उनीसँगै मोटरसाइकल चालक मोरङ रतुवामाई ३ महादेवा बस्ने ३४ वर्षीय विमल कामतलाई समेत नियन्त्रणमा लिई दुवैलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।