इलाम । इलाममा असोज १८ गते गएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । सन्दकपुर गाउँपालिका ५ का २४ वर्षीय प्रवेश गुरुङको शव फेला परेसँगै जिल्लामा पछिल्लो विपद्‍बाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको हो ।

 

जिल्ला प्रहरी कार्यालय इलामका एसपी एकनारायण कोइरालाका अनुसार प्रवेश असोज १८ देखि बेपत्ता थिए । खोलाले बगाएको स्थानदेखि चार सय मिटर तल मंगलबार उनको शव फेला परेको हो । इलाममा असोज १८ गते मात्रै पहिरोले पुरिँदा ३७ जनाको ज्यान गएको थियो ।

 

त्यसपछि असोज २० गते इलाम १० का गोदकका ७० वर्षीय गर्जमान तामाङको शव झापाको कन्काई नगरपालिका ४ कोटीहोमस्थित कनकाई माई खोलाको किनारमा आइतबार भेटिएको थियो । यस्तै, इलाम नगरपालिका–६ का महेन्द्र लिम्बू अझै बेपत्ता छन् ।