काठमाडौँ । सरकारले इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इलामलाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ ।

 

शनिबार र आइतबारको अविरल वर्षापछि गएको बाढीपहिरोले इलाममा ठूलो जनधनको क्षति भएको छ । २ सय ७६ परिवार विस्थापित भएको प्रारम्भिक विवरण छ ।

 

१ सय ३२ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ४ सय १ घरमा आंशिक क्षति पुगेको छ । विपत्तिमा परेर ३९ जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ । ३७ जनाको पहिरोमा पुरिएर र २ जनाको बाढीले बगाएर मृत्यु भएको हो । एक जना अझै बेपत्ता रहेको जनाइएका्े छ ।