झापा । झापा बुद्धशान्तिका एक युवकको कपिलवस्तुको तौलिहवामा शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
तौलिहवा गोरुसिंगे सडकखण्ड अन्तर्गत बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे चोकमा साँझ ५ बजे भएको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिकाका २७ वर्षीय लोचन पौडेलको मृत्यु भएको हो ।
उनी चढेको प्र. १-०१-०१४ प १८६४ नम्बरको मोटरसाइकल बा. प्र ०१-००३२ च ८७६६ नम्बरको ईभीमा ठोक्किएर फेरि लु. ३ च ७५७ नम्बरको स्कोरपियोमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै गम्भीर अवस्थाका पौडेलको उपचारका लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तु पठाइएको थियो । तर, चिकित्सकले साँझ ६ः१० बजे मृत घोषणा गरेका थिए । पौडेल हिमाल आरोहण गर्न भनेर चार जनाको टोलीसहित गएको बताइएको छ ।