झापा । इलाका प्रहरी कार्यालय दमकबाट हतियार लुट्ने लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक ३ का आदित्य लिम्बू रहेका छन् ।
शनिबार साँझ दमकबाट लागूऔषधसहित ८ जना पक्राउ परेका थिए । त्यसमध्ये १८ वर्षीय लिम्बू इलाका प्रहरी कार्यालय दमकबाट हतियार लुट्ने पक्राउ परेका हुन् ।
दमक ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए ३, हट नम्बर ३५३ बस्ने साजन थापाको घरमा लागूऔषध बिक्री वितरण गर्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका दमकबाट खटिएको प्रहरी टोलीले बिक्रीको लागि तयारी अवस्थामा चस्माको खाली खोलभित्र राखेको प्लाष्टिकबाहेक ७ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।
सो लागूऔषधसहित ८ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा दमक ३ स्थित शिविरका २७ का साजन थापा, इलाम चुलाचुली ३ बस्ने ३२ वर्षीय दिपेश तामाङ, ३२ वर्षीय सनम राई, दमक ३ का १९ वर्षीय पविन विश्वकर्मा, २५ वर्षीय सुचन दर्जी, २५ वर्षीय विजय माझी र मोरङ मिक्लाजुङ ८ का २० वर्षीय निश्चल पोर्तेल रहेका छन् ।
त्यस्तै, निश्चल पोर्तेल इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा रहेकोमा जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागी उनी फरार भएका थिए ।