झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित शनिबार अन्दाजी ४ बजे मेचीनगर १२ स्थित नयाँ बस्तीका सुनिल विश्वकर्मा पक्राउ परेका छन् ।
भद्रपुर ५ मा रहेको मेचीपुलमा पैदल आउँदै गरेका २७ वर्षीय विश्वकर्मालाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा ६ ग्राम ७७० मिलिग्राम फेला पारेको थियो ।
विश्वकर्मालाई शंका लागि चेकजाँज गर्दा निजले मलद्वारभित्र प्लाष्टिकको ७ पोका पारी लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।