अर्जुनधारा । झापाको अर्जुनधारा ११ मा रहेको महारानीगञ्ज माविको व्यवस्थापन समितिमा नन्दलाल खतिवडा (आकाश) चयन भएका छन् । आज भएकाे अभिभावककाे भेलाले खतिवडा निर्विराेध चयन भएका हुन् ।

 

उनी अर्जुनधारा ११ का स्थायी बासिन्दा हुन् । महारानीगञ्जकै पूर्व विद्यार्थी खतिवडा सोही विद्यालयको तीनबर्से कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् ।

 

उनले विद्यालय शैक्षिक सुधारका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । भौतिक पूर्वाधार निर्माणसँँगै गुणस्तरीय शिक्षाका लागि निजी विद्यालय जान बाध्य विद्यार्थीको समेत अध्ययनको गन्तव्य त्यस विद्यालयलाई बनाउने उनले बताएका छन् ।

 

व्यवस्थापन समितिको सदस्यहरुमा काँशीराम संग्रौला, सन्तोष सिवा, अप्सरा नेपाल, सीता पौडेल नेपाल, सुधना चौहान, शिक्षा प्रतिनिधि मनोरथ खतिवडा, जनप्रतिनिधितर्फबाट ११ नम्बर वडा सदस्य केशव अधिकारी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक मनकुमार लिम्बू रहेका छन् ।