झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडमा दुईजना युवा पक्राउ परेका छन् । उनीहरु हिजो राति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बिर्तामोड २ त्रिशुल चोकस्थित इन्द्र राजवंशीको घरमा डेरा बस्ने बाह्रदशी ६ घर भएका २५ वर्षीय दिपक कार्की र ३५ वर्षीय मनकुमार राजवंशी रहेका छन् ।
कार्कीको कोठाभित्र लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले चेकजाँच गर्दा राजवंशीको साथमा प्लास्टिकबाहेक १ ग्राम ७००मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।