झापा । वर्षासहित आएको हावाहुरीले रुख ढल्दा किचेर झापामा एक युवतीको मृत्यु भएको छ ।
गएराति ९ बजे वर्षासहित आएको हावाहुरीले गर्दा रुख ढलेर हल्दिबारी २ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी छोरी १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो ।
आफनै घरमा सुतिरहेको अवस्थामा घर नजिक रहेको आँपको रूख ढली किच्दा उनकौ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे प्रहरी चौकी हल्दीबारीमा जानकारी भएपछि प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ ।
थप सहयोगको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटिएको र सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वाटर भद्रपुर झापाबाट समेत उद्दारको लागि टोली गएको डिएसपी गुरुप्रसाद तिम्सिनाले जनाएका छन् ।