बिर्तामोड । लागुऔषध दुव्र्यसन तथा ओसार पसारविरुद्ध झापा प्रहरीले सञ्चालन गरेको मिशन अपरेशन ब्राउन अभियानअन्तर्गत सोमबार ३ जनालाई २२ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

 

लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा अर्जुनधारा ६ अदुवा खोलाको भत्केको पुलस्थित लखी मुर्मुको घरमा डेरा बस्ने गौरादह ३ चप्रामारीका धनबहादुर राजवंशीको कोठाबाट प्रहरीले ब्राउनसुगर फेला पारेको हो ।

 

लागुऔषध व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले राजवंशीसहित अर्जुनधारा ११ सालबारीका तिनतालु राजवंशी र गौरादह ३ की सिर्जना राईलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।