झापा । वाइफाईको प्लग जोड्ने क्रममा करेन्ट लागेर झापाको बाह्रदशी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ ।
हिजो साँझ ५ बजे बाह्रदशी २ बस्ने सुपोल बास्कीकी श्रीमती ३५ वर्षीया सुनिता बास्कीलाई आफ्नै घरमा वाइफाईको प्लग जोड्ने क्रममा अचानक नांगो तारमा छुन गई करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।
अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट टोली खटिएको थियो । सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।