झापा । झापाको कमलमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री कमल १ का ७० वर्षीय शंकरप्रसाद ढुंगाना रहेका छन् ।
हिजो साँझ ६ः३० बजे कमल गाउँपालिका १ इँट्टाभट्टास्थित भित्री सडकखण्डमा सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को. १० प १४८० नम्बरको मोटरसाइकलले बृद्ध ढुंगानालाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते ढुंगानालाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा राति ११ः४५ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय लुडो सतार र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।