झापा । भारतबाट मलद्वारभित्र प्रतिबन्धित लागूऔषध ब्राउनसुगर लुकाएर ल्याउने एकजना काँकरभिट्टामा पक्राउ परेका छन् ।
आज बिहान ११ः४५ बजे गोप्य सूचनाको आधारमा मेचीनगर ६ पुरानो मेची पुलमा भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका मेचीनगर १४ बस्ने २५ वर्षीय आकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध ब्युरो कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर खानतलासी गर्दा उनले मलद्धारभित्र लुकाई छिपाई ल्याएको प्लाष्टिकबाहेक १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनलाई सो लागूऔषधसहित नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।