झापा । झापाको मेचीनगर ४ स्थित बाहुनडाँगीमा जंगली हात्तीको आक्रमणबाट आज एकाबिहानै एकजना बृद्धाको मृत्यु भएको छ ।

 

बिहान ४ः५५ बजे मेचीनगर नगरपालिका ४ नम्बर वडा कार्यालय अगाडि बस्ने ६२ वर्षीया पद्मा पौडेल घरबाट बाहिर निस्कने क्रममा अचानक एउटा जंगली हात्तीले आक्रमण गरेको थियो ।

 

आफ्नै घरआँगनमा हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी चौकी बाहुनडाँगीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ ।

 

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक वीरेन्द्र कोइरालाको कमाण्डमा टोली खटिएर आवश्यक कानुनी प्रक्रियापछि पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुरमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।