झापा । वर्षायाम सुरु हुँदै गर्दा फेरि झापाको मेचीनगरमा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । निर्माणाधीन एसियन राजमार्गको जमेको पानीमा डुबेर बृद्धको मृत्यु भएकाे हाे ।
प्रहरीका अनुसार आज दिउँसो २ बजे मेचीनगर नगरपालिका वडा नम्बर ७ इँटाभट्टास्थित निर्माणाधीन एसियन हाइवेको किनारमा जमेको पानीमा डुबेर स्थानीय ६० वर्षीय गणेश बस्नेतको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा मृतकले मादक पदार्थ सेवन गरेको बुझिएको छ ।
यसअघि गौरीगञ्ज २ बाहुन टोल बस्ने ६० वर्षीय रबि सोरेनको आफ्नै घरदेखि अन्दाजी ५० मिटर दक्षिणमा रहेको सडकको नालीको पानीमा डुबेर मृत्यु भएको थियो ।