गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकामा चट्याङ लागेर एक जना युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुरका ३० वर्षीय युवा रहेका छन् ।
आज बिहान करिब ६ बजे गौरीगञ्ज गाउँपालिका ३ स्थित ३ सयपत्री टोल बस्ने चन्द्रमाया श्रेष्ठको घरमा डेरा लिई बसोबास गर्दै आएका भोजपुर आमचोक गाउँपालिका ९ धुम्बाना जोगेपाथर टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको हो।
स्थानीयका अनुसार बिहान खेतबारीमा आली तास्ने काम गरिरहेका श्रेष्ठमाथि अचानक चट्याङ परेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि दमक लगिएको प्रहरीले जनाएको छ।