झापा । झापामा पनि ट्राफिक प्रहरीले नियमविपरीत कालो सीसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध कडा कारबाही सुरु गरेको छ।
आपराधिक गतिविधि नियन्त्रण तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कालो सीसा प्रयोग गर्ने गाडीविरुद्ध कारबाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। झापामा दुई दिनमा २४ वटा चार पाङ्ग्रे गाडीको कालो सीसा निकालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए ।
उनले मंगलवार १५ वटा र बुधवार ९ वटा गाडीको कालो सीसा निकालिएको जानकारी दिए । कालो सीसा प्रयोग गरेर हतियार, लागूऔषध, सुन तथा अवैध मुद्राको ओसारपसार गर्ने तथा फरार अपराधीहरू लुकिछिपी हिँड्ने गरेको पाइएपछि प्रहरीले कडाइ गरेको हो। त्यस्तै, विभिन्न हिंसाजन्य र दुर्व्यवहारका घटनाहरू बढ्न थालेका थिए ।